छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै,महिलाले शव बोकेर घाटसम्म..

तनहुँ ६ कात्तिक । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् ।

व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृ,त्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पु¥याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए ।

छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृ,त्युपश्चात् पालोपालो श,व बोकेर घाटसम्म पु¥याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताउनुभयो । सोही आश्रममा आबद्ध महिलाले जातीय परम्पराअनुसार अन्त्येष्टिमा सघाएको उहाँले बताउनुभयो ।

महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ, काजक्रिया गर्नुपर्छ भन्ने मान्यताले छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन शव बोकिएको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले बताउनुभयो । सात वर्ष अघि ९० वर्षीया आइतुमाया थापाको मृ,त्यु भएपछि पहिलोपटक आश्रमकी अध्यक्ष श्रेष्ठलगायत आबद्ध महिलाले नै श,व बोकेर घाटसम्म पु¥याएपछि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृ,त्यु भइसकेको छ । मृ,त्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृ,त्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउनुभयो ।

‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू आफूमा चन्दा सङ्कलन गरी सहाराविहीनका लागि ज्येष्ठ नागरिको आश्रम सञ्चालन गर्दै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।