शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको तयारी कक्षा

वालिङ, ५६ कात्तिक । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ ।

नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । ‘मानव संशाधनको विकास समृद्धिको निकासःसमृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन सुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि गर्नुका साथै पहिचानलाई जोगाइराख्नका लागि पनि हामीले निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ ।”

नगरपालिकाले लोकसेवा आयोगले हाल माग गरेको अहेब÷अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । यसअघि गत वर्ष नगरपालिकाले निःशुल्करुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो । “पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निःशुल्करुपमा तयारी कक्षा सञ्चालन ग¥यौँ”, प्रमुख खाँणले भन्नुभयो, “त्यसको उपलब्धि राम्रो देखियो, तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिक धारतर्फको स्वास्थ्य सेवाको अहेब र अनमीका लागि तयारी कक्षा सञ्चालन सुरु गरेका हौँ ।”

नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुखा खाँणले जानकारी दिनुभयो । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीले दाबी गर्नुभयो । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ ।

नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोकसेवा आयोगको तयारीका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकका लागि उपयोगी हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

लोकसेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान नगरपालिकामै पहिलो भएको उहाँको दाबी छ । तयारी कक्षा सञ्चालनका लागि प्राप्त भएका आवेदनका आधारमा हाल ८० जना महिला पुरुष प्रशिक्षार्थी सहभागी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।