विद्यालयको प्रयोगशालाका लागि रु १२ लाख अनुदान

वाग्मती, ६ कात्तिक ।वाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई प्रयोगशाला स्थापनार्थ अनुदान दिने भएकोे छ । सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर प्रादेशिक शिक्षा विकास निर्देशनालयले रु १२ लाखदेखि १५ लाखसम्म अनुदान दिने जनाएको हो ।

निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ ।उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि रु १५ लाख तथा विज्ञान प्रयोगशालाका लागि रु १२ लाख अनुदान प्रदान गरिने भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उल्लेख भएबमोजिम निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ । कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ ।

विद्यार्थीलाई सिमकार्ड

मकवानपुरको सात हजार १३८ विद्यार्थीहरुलाई हेटौँडा उपमहानगरपालिकाले सियुजी सिम वितरण गरेको छ ।

सङ्घीय सरकारबाट अनुदानस्वरूप प्राप्त रु २६ लाख ७६ हजार छ सयबाट जिल्लाका १० पालिकामा इन्टरनेटको पहँुच नभएका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको हो ।

शिक्षा विकास महाशाखाका अधिकृत सामचन्द्र खड्काका अनुसार रु १२५ का दरले जिल्लाका २३ विद्यालयका कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई उक्त सिम वितरण गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖