बाढी पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध र घाईतेहरुको नि:शूल्क उपचार गर्न सरकारको ध्यानाकर्षण

कार्तिक ६,धनकुटा । हालै परेको अविरल बर्षाको कारण आएको बाढी पहिरोले प्रभावित भएका पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन नेपाली कांग्रेस धनकुटाले सरकारको ध्यानाकर्षण गराएको छ ।

आज एक विज्ञप्ती प्रकाशित गर्दै उस्ले धनकुटा जिल्ला सहित देशभरका बाढी,पहिरो डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउनमा जोडदार माग समेत गरेको छ ।

बाढी पहिरोले जिल्लाको सागुरीगढी गाउपालिका वडा नं १० का कांग्रेस वडा सभापती झगेन्द्र राई र चौविसे गाउपालिका वडा नं १ छ नं बुधवारेका पार्टीका क्रियाशिल सदस्य भेषराज श्रेष्ठका बुबा,छोरा, छोरी र आफन्तजन समेत ७ जना सहित जम्मा ८ जनाको मृ त्यु भएको,आधा दर्जन घाईते भएको र जिल्लाको विभिन्न स्थानमा घर तथा गोठहरु पहिरोले पुरिदा र भत्किएर चौपायाहरु म रेको,धान,कोदो लगायतका कृषी बाली नालीहरु नष्ट गरेको भन्दै तत्काल राहत उपलब्ध गराउन जिल्ला सचिव विजय सन्तोषी राईद्धारा जारी विज्ञप्ती मार्फत माग गरिएको छ ।

त्यस्तै कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड सहित जिल्लाका अधिकांश स्थानमा बाढी पहिरोले सडक भत्काएको र मर्मत गर्न बाँकी सडकहरुको पुनर्निर्माण तथा मर्मत तत्काल गर्न पनि माग गरिको छ ।

बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारहरुलाई तत्काल राहत उपलब्ध गराउन,घाईतेहरुको नि:शूल्क उपचार गर्न र घरवार वीहिन भई विस्तथापित भएकाहरुलाई अविलम्व पुन स्थापित गर्र्न,कृषकहरुलाई उचित राहत उपलब्ध गराउनु पर्ने विज्ञप्तिमा उल्लेख छ । साथै बाढी पहिरोबाट जीवन गुमाएका सवैमा श्रद्धाञ्जली अपर्ण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

बाढी पहिरोबाट धनकुटा जिल्लाभरी क्षतीको वितरण संकलन, राहत तथा उद्धार कार्यमा सक्रियता पूर्वक सहभागी भई विपतमा महत्वपूर्ण योगदान पुर्याउन पनि पार्टी मातहतका समितिमा सम्वद्ध कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।