पॉंचौ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न

धनकुटा । धनकुटा नगरपालिका तत्कालिन वडा नं ९ टेकुनालाका पूर्व सभापती स्व दिल वहादुर राई र सागुरीगढी गाउपालिका वडा नं १० का पार्टी वडा सभापती स्व झगेन्द्र राईको पॉंचौ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेको छ ।

सभामा वडा सभापती झगेन्द्रको र’हस्यमय र शं’कास्पद मृ’त्यु भएको भन्दै निष्पक्ष छानमीनको माग गरिएको छ । सभामा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,धनकुटा नगर कार्य समिति सभापती नरेश श्रेष्ठ, कार्यवहाक सभापती अभिषेक कर्माचय,उपसभापती अमित ल्हो तामाङ लगायतले स्व दिलवहादुर र झगेन्द्रको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको वताउदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो अवसरमा कांग्रेस नेताहरुले वडा सभापती झगेन्द्रको मृ’त्यु र’हस्यमय भएकाले निष्पक्ष छानविन गर्न प्रहरी समक्ष माग गरेका थिए। पार्टीका नगर कार्य समिति सभापती नरेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न शोक सभामा जिल्ला सदस्यहरु लेखनाथ पौडेल,रोशेष श्रेष्ठ,राजेन्द्र पौडेल,धनकुटा नगर कार्य समितिका सचिवद्धय लोकेन्द्र खड्का,राम घिसिङ,सहसचिव ज्ञानेन्द्र वस्नेत,शारदा सन्तोषी राई,वडा नं २ का सभापती राज कुमार राई,वडा नं ४ का सभापती हरी तिम्सिना,वडा नं ७ का सभापती शैलेसमान श्रेष्ठ लगायतले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभाको सञ्चालन नगर कार्य समिति का सचिव लोकेन्द्र खड्काले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।