प्रधानमन्त्री प्रदेश नं १ का बा,ढी, प,हिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै
झापा, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुहुने भएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बा,ढी प्रभावित क्षेत्रमा आज बिहान निरीक्षण गर्ने कार्यक्रम छ ।
उहाँले आजै इलाम र पाँचथर जिल्लाको पहिरो प्रभावित क्षेत्रको समेत हवाई निरीक्षण गर्नुहुने कार्यक्रम छ । निरीक्षणपछि प्रधानमन्त्री देउवाले ती दुई जिल्लाका सीमामा रहेको राँके बजारमा प्रमुख जिल्ला अधिकारीसँग पहिराले पु¥याएको क्षति, उद्धार तथा राहतका बारेमा जानकारी लिनुहुने प्रजिअ खड्काले जानकारी दिनुभयो ।
हालै आएको बेमौसमी वर्षाका कारण प्रदेश नं १ मा बाढी र पहिराबाट ६२ जनाको मृत्यु, २० घा,इते र १३ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नबीनराज राईले जानकारी दिनुभएको छ ।
प्रदेशमा सबैभन्दा बढी मानवीय क्ष,ति पाँचथर जिल्लामा भएको छ । जिल्लामा २८ को मृ,त्यु, १० घाइते र छ बेपत्ता भएका छन् । जिल्लाको कम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिका पहिराले क्षति पु¥याएको छ ।
यसैगरी इलाम जिल्लामा बा,ढी र प,हिराका कारण १४ जनाको मृत्यु, पाँच घाइते र एक बेपत्ता छन् । माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका, माई र देउमाई, सूर्योदय नगरपालिका पहिराले क्षति पु¥याएको जनाइएको छ ।


