सिद्धिओडार चमेरे गुफा प्रचार प्रसारको अभावमा ओझेलमा
धनकुटा, ७ कार्तिक । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ मा रहेको सिद्धिओडार चमेरे गुफामा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटनको संभावना रहेको भन्दै प्रदेश न १ सरकारले भौतिक पूर्वाधार निर्माणमा सहयोग गरे पनि प्रचार प्रसार नहुदाँ गुफा ओझेलमा परेको हो।

प्रचार प्रसारको अभाव रहेको गुफा व्यावस्थापनका लागि प्रदेश १ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बहुबर्षिय योजना अन्र्तगत पोखरी निर्माण, गुफा परिषरको बाटो ढलाई, तार बार विश्राम स्थल, पहुँच मार्ग निर्माण, शौचालय निर्माण लगायतका काम गरे पनि पर्यटक आवागमन भने सुन्य रहेको स्थानिय मेघराज खतिवडाले बताए ।
प्रचार प्रसार र आवश्यक पूर्वाधारको पर्खाइमा रहेको यस गुफा भित्र विभिन्न देवि देवताको मूर्ति देख्न सकिन्छ साथै गुफा भित्र भित्रै बाट ४ ,५ किलोमिटरमा रहेका अन्य गुफा सम्म पुग्न सकिन्छ भन्ने बुढापाकाको भनाई रहेको भए पनि यसको आधिकारीक पुष्टी भने नभएको स्थानियहरुको भनाई रहेको छ ।पूर्वाधार बने संगै पर्यकट आवागमन बढ्ने आशा गरेका स्थानिय समेत अहिले निराश बनेका छन् ।
अहिले गुफा परिषरमा जंगलले ढाकेको छ भने गुफा सम्म पुग्नका लागी समेत धरै समस्या रहेको छ ।


