वरिष्ठ नेता पौडेल -तत्काल राहतको व्यवस्था गरिनुपर्छ

भजनी, ७ कात्तिक ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बा,ढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बा,ढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो ।

“बा,ढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ”, उहाँले भन्नुभयो, “अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।”

वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताउनुभयो ।

“कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ । त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ”, उहाँले भन्नुभयो, “जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन।”

वरिष्ठ नेता पौडेलले यही कात्तिक १ गतेदेखि आएको बा,ढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।