दिउँसै गोठमा छिरेर बा,घले चौपाया मा,रेर खान थालेपछि …

कञ्चनपुर, ७ कात्तिक । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मा,रेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मा,रेर खान थालेको हो ।

शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घा,इते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो ।

“विगतमा रातिमात्रै बस्तीमा बाघ आएको सुन्ने गरेका थियौँ”, स्थानीय विमल धामीले भन्नुभयो, “अब बाघले दिउँसै बस्तीमा छिरेर गोठामा बाँधेका चौपाया मारेर खान थालेको छ, दुई साताको अवधिमै बाघले यस क्षेत्रका आधा दर्जन बढी किसानले पालेका बाख्रालगायत चौपाया मारेर नोक्सानी गरेको छ ।”

साँझ नपर्दै बस्तीमा बाघ देखापर्न थालेपछि स्थानीय बासिन्दा त्रसितसमेत भएका छन् । साँझअगावै स्थानीय बासिन्दाले बाघकै डरले गाउँमा हिँडडुल गर्नसमेत बन्द गरेका छन् ।

बाघले चौपायामा क्षति पु¥याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई अनुरोधसमेत गरेका छन् ।

बाघ नियन्त्रणका लागि हालसम्म कुनै पनि प्रयास हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । बाघसँगै बँदेल, हात्तीले समेत यस क्षेत्रका बासिन्दाले लगाएको बालीनालीमा नोक्सानी पु¥याउँदै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।