बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए

महेन्द्रनगर, ७ कात्तिक ।गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बा,ढी पी,डितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ ।

भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बा,ढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिनुभयो ।

“पूर्वमन्त्री रमेश लेखकको पहल र उहाँले बा,ढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल हाम्रो टोली पीडामा साथ दिन यहाँ आइपुगेको हो”, संयोजक गोर्खालीले भन्नुभयो, “पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गर्दैछौँ।”

उहाँले पहिलो चरणमा पी,डित बस्तीका अतिविपन्न समुदायका ३०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने जानकारी दिनुभयो । प्याकेजमा त्रिपाल, लत्ताकपडा, खाद्यान्नसहित प्रतिपरिवारलाई रु ३५ हजार बराबरको सहयोग हस्तान्तरण गरिन लागेको छ ।

एनआरएनएले राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ ।

यहाँ एनआरएनएलाई सहजीकरण गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधव जोशीले दोधाँरा–चाँदनी राहत लैजान स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताउनुभयो ।

“वनबासा पुल भएर राहत लैजान भारतीय पक्षसँग स्थानीय प्रशासनले समन्वय गरिरहेको छ”, उहाँले भन्नुभयो, “आजैदेखि राहत वितरण सुरु हुन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।