प्रधानाध्यापकसहित दुईजनालाई अभिनन्दन

काठमाडौँ, ८ कात्तिक। सर्लाही सुकेपोखरीस्थित चुतुर्भुजेश्वर जनता उच्च माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकसहित दुईजनालाई अभिनन्दन गरिएको छ ।

त्यस भेगमा विद्यालय शिक्षाको विकास र विस्तारमा विशिष्ट एवं अतुलनीय योगदान पु¥याएबापत विद्यालयको स्वर्ण महोत्सवका अवसरमा पूर्वप्रधानाध्यापकद्वय महेन्द्रप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अभिनन्दन गरिएको हो ।

विसं २०२७ पुस ९ बाट माध्यमिक तहको पढाइ सुरुआत भएको उक्त विद्यालय सर्लाही जिल्लाको उत्तरी भेगको पहिलो मावि हो । त्यस बेला सो जिल्लाका अतिरिक्त सिन्धुली, रौतहट, बारा र महोत्तरीबाट समेत उक्त विद्यालयमा नियमित पठनपाठनका लागि विद्यार्थी आउने गर्थे ।

पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यले उद्घाटन गर्नुभएको उक्त विद्यालय यो वर्ष स्वर्ण महोत्सव मनाइरहेको छ । उक्त विद्यालयबाट विसं २०३२ मा एसएलसी परीक्षा दिने विद्यार्थी समूहले पूर्वप्रधानाध्यापकको अभिनन्दनका अतिरिक्त त्यस बेलाको शिक्षाको अवस्था, शिक्षकप्रतिको सम्मान र नागरिक समाजका जनहितकारी कार्यको इतिवृत्त समेटेर स्मारिक प्रकाशन गर्न लागेको पूर्वविद्यार्थी एवं साहित्यकार दिनेश अधिकारीले जानकारी दिनुभयो । उक्त विद्यालयबाट उत्पादित जनशक्ति अहिले मुलुकका विभिन्न विधामा ख्याति कमाएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।