नगर प्रमुखलाई इन्सेकको ज्ञापनपत्र

भक्तपुर, ८ कात्तिक ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश अन्तर्गतको मानवअधिकार समूहकोे नगरस्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, आवास तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै आज चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

समूहका संयोजक बच्चुराम न्यौपानेको नेतृत्वमा आएकोे टोलीले प्रमुख सोमप्रसाद मिश्रलाई बुझाएको ज्ञापनपत्रमा नगरपालिकाका नागरिकमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा देखापरेको समस्या पहिचान गर्दै समाधानका लागि ज्ञापनपत्र बुझाएको हो ।

शिक्षामा विषयगत शिक्षकको पदपूर्ति गर्न, स्थानीय पाठ्यक्रममा बाल तथा मानवअधिकारसम्बन्धी विषय समावेश गर्न, विद्यालयको निरन्तर अनुगमन गर्न, शैक्षिक सुधारका लागि योजना बनाउन, सबै विद्यार्थीमा प्राविधिक शिक्षाको पहुँच पु¥याउन, सामुदायिक विद्यालयका विद्यार्थीमा अनलाइन कक्षाको पहुँच पु¥याउन, अपाङ्गमैत्री शौचालयलगायत माग राखिएको छ ।

स्थानीय क्षेत्रमा रहेको स्वास्थ्य समस्या हटाउन, म्याद गुज्रेका दैनिक औषधि बिक्री रोक्न, कोभिड– १९ को महामारीमा स्वास्थ्य केन्द्रमा भएको लापर्वाही र निःशुल्क पाइने औषधि अभाव अव हुन नदिन, निःशुल्क पाइने औषधिको नामावली सार्वजनिक स्थानमा राख्न, एम्बुलेन्ससेवा सबै वडाबाट सञ्चालन गर्न, आवश्यकतानुसार स्वयम्सेवक परिचालन गर्न केन्द्रमा प्रसूति सेवा विस्तार थर्न र समुदायमा सञ्चालित स्वास्थ्य सेवाबार जानकारी गराउन माग गरिएको छ ।

खाद्य वस्तुको गुणस्तर जाँच गर्न, बजार अनुगमन गरी म्याद गुज्रेका, तौल नपुगेका र महँगोमा सामान बेच्नेलाई कारबाही गर्न, कृषि भूमिको माटो परीक्षण गरी जग्गा खाली राख्नेलाई कारबाही गर्न र राम्रा कृषकलाई प्रोत्साहन एवं अनुदानका कार्यक्रम ल्याउन पनि जोड दिइएको छ भूमिहीन भूकम्प पीडितको समस्या समाधान गर्न आवासविहिनलाई बसोबासको व्यवस्था गनलगयत विषयमा ज्ञापनपत्रमा जोड दिइएको छ े ।
संयोजक न्यौपानेसहित समूहका सदस्य प्रल्हादप्रसाद वन, रामगोपाल श्रेष्ठ, राजेश शाही ठकुरी, रामबहादुर श्रेष्ठलगायत टोलीमा सहभागी थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।