बाढी,पहिरो र डुबानले पुर्याएको क्षतिको राहत उपलब्ध गराउन सरकारलाई अपील
धनकुटा । समाजवादी किसान महासंघ जिल्ला समिति धनकुटाले हालै परेको वर्षा,बाढी,पहिरो र डुबानले पुर्याएको क्षतिको राहत उपलब्ध गराउन सरकारलाई अपील गरेको छ ।
विज्ञप्ति जारी गर्दै वर्षा,बाढी,पहिरो र डुबान पीडित परिवार र किसानहरुलाई राहत उपलब्ध गराउन संघिय,प्रदेश र स्थानिय सरकार समक्ष माग गरेको हो ।
बाढी, वर्षा र डुबानबाट प्रभावित जनसमुदायको प्रभावकारी रुपमा उद्धार गर्न र तत्काल राहत उपलव्ध गराउन सरकार समक्ष अपील गर्दछौ समितिका जिल्ला अध्यक्ष जितेन्द्र आठपहरिया र १ नं प्रदेश समिति उपाध्यक्ष सरकुमारी आठपहरियाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।



