आज पनि सुनको मूल्य बढ्यो, चाँदीको …
काठमाडौँ, ९ कात्तिक ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । क्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।
ला,गुऔषधसहित तीन प,क्राउ
जलेश्वर, ९ कात्तिक । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित ला,गुऔषधसहित तीन युवकलाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
भारतको विहार राज्यको कन्हमा सहरबाट ला,गुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जना युवकलाई गए राति प्रहरीले जिल्लाको औरही नगरपालिका–४ स्थित सडकखण्डमा जाँच गर्दा उनीहरू ला,गुऔषधसहित प,क्राउ परेका हुन्।
उनीहरूका साथबाट प्रहरीले एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइटाभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ । लागुऔषधसहित प,क्राउ परेका तीनै युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


