बालबालिकाको पढाइप्रति रुचिमा कमी

पाल्पा, ८ कात्तिक ।कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको किताबमा केन्द्रीत भई अध्ययन गर्नमा रुचीमा भने कमी भएको पाइएको छ । न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताउनुभयो ।

कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्रिन्सिपल पन्तको भनाइ छ । विद्यार्थी नियमित रुपमा विद्यालयमा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन । गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ । पाल्पाका स्थानीय तहले भदौको अन्तिम, असोज महिनाको पहिलो साताबाट विद्यालय नियमित रुपमा सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा निरुत्साहित विद्यार्थी शिक्षकको उपस्थितिमा अध्ययन गर्न पाउँदा चहलपहल बढेको छ ।

विद्यालय परिसरमा सहकर्मीसँग दैनिक भेटघाट र अभ्यास, खेलकूदका गतिविधिमा नियमित सहभागिता हुन पाउँदा खुसी लागेको न्यू होराइजन स्कुल पाल्पामा कक्षा १० मा अध्ययनरत रञ्जन भण्डारीले बताउनुभयो ।पाल्पाका विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएसँगै विद्यालयमा शिक्षक, विद्यार्थीको चहलपहल देखिएको छ । कोरोना सङ्क्रमणको जोखिमले सुनसान विद्यालय धमाधम खुलेपछि शिक्षक विद्यार्थीको उपस्थितिले चहलपहल ल्याएको हो ।

राम आधारभूत विद्यालय, बगनासकालीका प्राधानाध्यापक गुनबहादुर गाहाले जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका शिक्षकले स्वास्थ्य मापदण्डको पालना गराउन चासो देखाउनुपर्ने बताउनुभयो । तर, अधिकांश विद्यालयमा खासै चासो नदेखाउदा विद्यार्थीमा कुनै उत्साह देखिएको छैन ।पाल्पाका निजी तथा सरकारी विद्यालयसमेत विद्यार्थीले मुखमा मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई अनिवार्य गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖