गण्डकी प्रदेशमा तीन हजार मेट्रिक टन धान क्ष,ति

वालिङ, ९ कात्तिक । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्ष,ति पु¥याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्ष,ति पुगेको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिनुभयो । कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला-जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरु र पालिकाहरुबाट सङ्कलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा दुई हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याई सकिएको छ ।

झरी वर्षा र हावाहुरीका कारण ८४३ हेक्टर क्षेत्रफलमा पूर्ण नोक्सानी भएको छ भने सात हजार ११२ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरुमा अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्ष,ति पुग्दा अनुमानित रु सतासी लाख ५५ हजार ३९८ मूल्य बराबरको क्षति भएको अनुमान रहेको उहाँले बताउनुभयो ।

जिल्लाजिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पालिकाहरुसँग तथ्याङ्क सङ्कलन कार्य जारी रहेकाले केही दिनमा वास्तविक क्षतिको विवरण आउने कृषि विकास निर्देशनालय पोखराले जनाएको छ ।

बेमौसमी अविरल वर्षाका कारण पर्वतमा सबैभन्दा धेरै धानबालीमा क्षति पुगेको छ । पर्वतमा ४९०, तनहुँमा ३४८ र कास्कीमा ३४३ हेक्टरमा क्षति पुगेको छ । अन्य जिल्लाहरुमा आंशिक क्षति पुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖