नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ, ९ कात्तिक ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७८.८२ अङ्कले उकालो लागेर दुई हजार ७५१.०७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५० अङ्कले बढेर ५१६.०७ मा पुगेको छ । कूल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर रु छ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा पर्यटन २३२.२, विकास बैंक १८५.८३, जलविद्युत् १२३.५९, वित्त १३६.६६, निर्जीवन बीमा ३१७.५३, उत्पादन १७४.५५, अन्य ४४.८८, लघुवित्त ६८.३१, जीवन बीमा ४९९.९८, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.९१ अङ्कले बढेको छ ।

कारोबारका आधारमा कामना सेवा विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४४ करोड ७४ लाख ५७ हजार ७४६ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु ३४ करोड ७८ लाख ७७ हजार, एनआइसी एशिया बैंक रु २४ करोड ५५ लाख १५ हजार ३६०, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड ७३ लाख १८ हजार र अपि पावर कम्पनी रु १३ करोड ७० लाख ३६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार विभिन्न ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा वेष्ट फाइनान्स कम्पनी, ङादी ग्रुप अफ पावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावरलगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले उकालो लागेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै साना किसान विकास बैंक दुई, सानिमा बैंकको ऋणपत्र १.९६, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र १.९४, सिटिजन म्युचुअल फण्ड ०.९९ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.९७ प्रतिशतले गुमाए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५१ अर्ब ४६ करोड ७८ लाख ९९ हजार ३२ बराबर पुगेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖