स्कुटरको ठ,क्करबाट पैदलयात्रुको मृ,त्यु
जलेश्वर, १० कात्तिक । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठ,क्कर दिँदा एक पैदलयात्रुको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो ग,म्भीर घा,इते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृ,त्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । भुजेलको श,व परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
मानव अधिकार प्रतिष्ठानको अध्यक्षमा डा कोजू
भक्तपुर, १० कात्तिक । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा डा राजेन्द्र कोजूलाई पुनः चयन गरिएको छ । प्रतिष्ठान जिल्ला शाखाको छैटाँै साधारणसभाले डा कोजूको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रतिष्ठानको उपसभापतिमा नवराज घिमिरे, डा इडा शर्मा र मिलन न्यौपाने, सचिवमा सञ्जिव खनाल, सहसचिवमा रत्न राई र कोषाध्यक्षमा प्रभा थापालाई चयन गरिएको छ । यस्तै प्रतिष्ठानको सदस्यमा शिवहरि खनाल, सानुराम कार्की, गीता कार्की, रामकृष्ण छुस्यावाग, युनिक कोजू र सुवेश गोसाई चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ ।


