लगातार बढेको सुनको मूल्यमा आज गिरावट

काठमाडौँ, १० कात्तिक। नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

गाईघाट–सानुभञ्ज्याङ कृषि सञ्चालनमा

तनहुँ १० कात्तिक । देवघाटको गाईघाट सानुभञ्ज्याङ कृषि सडक दस दिनपछि सञ्चालन आएको छ । सो सडक अन्तर्गत मान्द्रे पाखामा गत असोज ३१ मा पहिरा जाँदा अवरुद्ध भएको थियो । देवघाट गाउँपालिका–४ का युवाका सक्रियतामा पहिरो पन्छाउने काम सम्पन्न भएको थियो ।

सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको थियो । सो सडक खण्डलाई सरकारले वैकल्पिक राजमार्गका रुपमा विकास गर्न लागेको छ । जिल्लाका देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका र तीन प्रदेश छुने भएकाले सो सडकलाई वैकल्पिक राजमार्गका रुपमा विकास गर्न प्राथमिकता दिइएको हो । सो सडकले ३ नं प्रदेशको चितवन,४ नं प्रदेशको गण्डकी र प्रदेश नं ५ को पाल्पासम्म जोड्ने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।