नक्कली नोटसहित फेरि एकजना प,क्राउ

महोत्तरी, ११ कात्तिक । नक्कली नोटसहित फेरि एकजना प,क्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प,क्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । आज प,क्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट रू आठ लाख ९७ हजार ४३५ नेपाली र रू दुई लाख ८० हजार ९२९ भारती नोट प्रहरीले बरामद गरेको छ । बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिनुभयो ।प,क्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ । आज प,क्राउ परेका महतो भारत÷ नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ । गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्लाका हुन् ।

आज बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने एकीन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो । सामान्य प्रचलनमा रहेका नेपाली एकहजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।