प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइ

देउखुरी, ११ कात्तिक । कोरोना म,हामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ ।तुलसीपुर–६ की सम्झना आचार्य बुधबार साथीसँग बाह्रकुने तालमा घुम्न आउनुभयो । “पुरानो डुङ्गाको ठाउँमा नयाँ डुङ्गा आएको रहेछ, साथीहरुसँग सेल्फी लिँदै जलविहार गर्दा मज्जा आयो”, उहाँले भन्नुभयो, “गाउँका अरु साथीलाई पनि बाह्रकुने जानु भन्छु । मन्दिर पुग्ने जोकोहीलाई डुङ्गाले झनै आकर्षक बनाएको छ ।”

घोराही–१४ का विशाल पौडेल वनभोजका लागि साथीसँग बाह्रकुने पुग्नुभएको थियो । “वनभोजका लागि उपयुक्त स्थान छ । आधुनिक डुङ्गा देख्दा घुमौघुमौ लाग्योे, डुङ्गामा सरर ताल परिक्रमा गर्दा छुट्टै आनन्द आयो”, उहाँले भन्नुभयो ।दाङसहित सल्यान, प्यूठान, रोल्पा, रुकुम र छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा भक्तजन आउने बाह्रकुने धार्मिक समितिका अध्यक्ष टेमन बुढाले जानकारी दिनुभयो । “धार्मिक र पर्यटकीय हिसाबमा मानिसको सहभागिता हुन्छ, माघेसङ्क्रान्तिका दिनमा भक्तजनको ठूलो मेला लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “पुस महिनादेखि नै भक्तजनको उल्लेख्य सहभागिता हुने गर्दछ । दसैँ, तिहारपछि वनभोज खानेहरुको भीडभाड नै हुने गर्छ ।” पछिल्लो समय विद्यार्थी, युवा र ज्येष्ठ नागरिकको बाह्रकुने ताल रोजाइको क्षेत्र बनेको छ।

घोराही बजारबाट उत्तर–पश्चिम तीन किलोमिटरको दूरीमा रहेको दह पाँच हेक्टर जमिन छ । बाह्रवटा कुना रहेको सो ताल प्राकृतिकरूपमा निर्मित जानकार बताउँछन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल लुम्बिनी प्रदेशको नमूना तालमा पर्दछ । बजारबाट अटोरिक्सामा सजिलै यो ठाउँमा पुग्न सकिन्छ ।सोे तालमा काठका पुराना दुईवटा डुङ्गा थिए । पर्यटकको चाप भएको समयमा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो । बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक चारवटा डुङ्गा सञ्चालनमा ल्याएको छ । एउटा डुङ्गामा चार जना बसेर शयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिनुुभयो ।

मन्दिर व्यवस्थापन समितिसँग पाँचवर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाइवरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ । प्रालिका अध्यक्ष जगत् दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याएको बताउनुभयो । स्थानीय चार युवाले रु १२ लाख लगानी गरी डुङ्गा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । डुङ्गामा सयर गदार्ए लगाउने लाइफ ज्याकेट र २० जनाको दुुर्घटना बिमासमेत गरिएको प्रालिले जनाएको छ । डुङ्गामा बसेर तालको एक फन्को लगाए रु ५० शुल्क तिर्नुुपर्ने छ । ज्येष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले जानकारी दिनुुभयो । यसअघि तालमा काठको डुङ्गा सञ्चालनमा रहेको थियो । वार्षिक रु ६० हजार प्रालिले मन्दिर संरक्षण समितिलाई बुुझाउने सम्झौता भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।