मन्त्री भुसाल-विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका महत्वपूर्ण

काठमाडौँ, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताउनुभयो । राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको जनाउँदै उहाँले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढङ्गबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिनुभयो ।

खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासितसमेत बनाउन सहयोग गर्ने उल्लेख गर्दै उहाँले मन्त्रालयमातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ । वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । केन्द्रले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहित गर्न शनिबार बिहान विद्युतीय सवारीसाधनको ¥यालीको आयोजना गरेको छ ।

विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री भुसाल

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts

धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम

प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।