राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना

काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पाेबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले) का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गर्नुभएको थियो ।

नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन सकेको छैन । यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जानुहुने भएको छ ।

यो पनि पढ्नुहोस..विद्यालयलाई कम्युटर सहयोग
–अच्युत रेग्मी,पालुङटार (गोरखा), १३ कात्तिक । गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो । विद्यालयका पूर्वविद्यार्थी एवं युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतिशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । कम्युटर विद्यालयका पूर्वविद्यार्थी एवं भूगर्भविद् डा कृष्णचन्द्र देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख कँडेलले अमरज्योति जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिबद्ध भएर लागेको बताउनुभयो। “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ”, नगरप्रमुख कँडेलले भन्नुभयो । डा देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इन्गेज नेपालका कोषाध्यक्ष खेमराज सेढाइँले राजधानीबाट टाढा रहेको सरकारी विद्यालयलाई अमेरिकामा बसेर सहयोग गर्न पाउँदा आफूहरुलाई साह्रै खुसी लागेको बताउनुभयो । इन्गेज नेपालले स्थापनाको छ वर्षको अवधिमा रु छ करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा भूगर्भविद् डा देवकोटाले अहिलेका विद्यार्थीले आफूलाई प्रविधिमा ढाल्नका लागि कम्युटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको इतिहासलाई आगामी दिनमा कायम राख्न दत्तचित्त भएर लाग्न विद्यार्थीलाई उहाँले आग्रहसमेत गर्नुभयो ।

पालुङटार नगरपालिका वडा नं ४ का कार्यवाहक वडाध्यक्ष डिलेन्द्रबहादुर देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनार, विद्यालयका प्राचार्य देवकोटालगायतले प्रविधिमैत्री विद्यालय निर्माणका लागि कम्युटर सहयोगले राहत मिलेको बताउनुभयो । विद्यालयलाई ५० कम्युटरसहितको सुविधासम्पन्न प्रयोगशाला निर्माणमा लागेको प्राचार्य देवकोटाको भनाइ छ ।गोविन्दराज देवकोटाको सक्रियतामा कृष्णप्रसाद धिताल संस्थापक अध्यक्ष रहेर विसं २०१७ फागुन ९ मा स्थापना भएको उक्त विद्यालय सुरुआती समयदेखि नै युनाइटेड मिसन टु नेपालको आर्थिक एवं प्रशासनिक सहयोगमा सञ्चालनमा रहेको थियो । राष्ट्रिय शिक्षा योजना २०२८ अनुसार विसं २०३० देखि उक्त विद्यालयलाई नेपाल सरकारले सरकारी विद्यालयका रुपमा जिम्मा लिएर सञ्चालन हुँदै आएको सो विद्यालयका पूर्वप्राचार्य गोविन्दप्रसाद खनालले जानकारी दिनुभयो । उक्त विद्यालयले विसं २०२२ देखि एसएलसी परीक्षामा विद्यार्थीलाई सम्मिलित गराएको थियो ।

उक्त विद्यालय पालुङटार नगरपालिकाभित्रकै एकमात्र नमूना तथा आवासीय विद्यालय हो । यस विद्यालयमा विशेष शिक्षाअन्तर्गत लामो समयदेखि न्यून दृष्टिविहीन भएकालाई पनि पठनपाठन गराउँदै आएको छ । उक्त विद्यालयमा हाल ७५० विद्यार्थी अध्ययनरत रहेका छन् भने ३२ शिक्षक कार्यरत रहेको सो विद्यालयका शिक्षक सोमप्रसाद मुडवरीले राससलाई जानकारी दिनुभयो । उक्त विद्यालयले विसं २०६६ देखि उच्च मावितर्फ विज्ञान र व्यवस्थापन सङ्कायको पठनपाठनसमेत सुरु गरिसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।