देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौँ, १३ कात्तिक ।काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताउनुभयो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

यो पनि पढ्नुहोस..पत्रकार नेपालको परिवारलाई सहयोग
चितवन, १३ कात्तिक ।नेपाल पत्रकार महासङ्घले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको रु ५० हजार र केन्द्रले प्रदान गरेको रु २५ हजार गरी रु ७५ हजार आर्थिक सहयोग गरिएको हो।
पत्रकार नेपालको १३ औँ पून्यतिथिको अवसर पारेर शुक्रबार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले महासङ्घका पदाधिकारीको उपस्थितिमा नेपालका भाइ शालिकरामलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

यही असोज ३१ गते ४७ वर्षीय नेपालको निधन भएको थियो । दसैँको टीका लगाउन रौतहटको चन्द्रनिहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस भएपछि उहाँलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । उहाँको मष्तिष्काघातको उपचारका क्रममा निधन भएको हो । चितवन शाखाले यसअघि दिवङ्गत हुने आफ्ना सदस्यका परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै महासङ्घका सदस्यको रु सात लाख बराबरको दुर्घटना बीमा समेत गरिसकेको छ । बीमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायतास्वरुप महासङ्घले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।