के कोभिड-१९ को खोप बालबालिकाका लागि सुरक्षित छ?

संयुक्त राज्य अमेरिका, कार्तिक १३ । लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ। यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिता बारे थप अनुसन्धान गरिरहेका छन् ।ती मध्ये ५ देखि११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ। खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ।

यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने हुन्छ जसलाई कोरोनाभाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औल्याएका छन्। केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निने लगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन् । तर खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफै निको हुने पनि विज्ञले बताएका छन् ।

यो पनि पढ्नुहोस… भारतमा कोभिड-१९ का १४,३१३ नयाँ बिरामी थपिए
नयाँ दिल्ली, कार्तिक १३ । भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४,२६०,४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृ,त्यु भएको छ । यो सङ्गै मृ,त्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृ,त्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा १६१,५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३३,६४१,१७५ पुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।