बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत

बैतडी, १३ कात्तिक ।बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या रहेको थियो । पहिलो चरणमा ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ । घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । विसं २०६८ मा जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो । “मूल गणनापश्चात् मात्रै कति जनसङ्ख्या थपियो भन्ने यकिन हुन्छ,” उहाँले भन्नुभयो ।

गत भदौ ३० देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालन गरिएका थिए । राष्ट्रिय जनगणना, २०७८ को मूल गणनाका लागि जिल्लामा ३१५ गणक छनोट भएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरिने मूल गणनाका लागि गणक छनोट गरिएका हुन् । दशरथचन्द नगरपालिकामा ६५, पाटनमा ३६, मेलौलीमा २७ र पुर्चौंडी नगरपालिकामा ४० गणक खटाउने योजना छ । यस्तै सुर्नया गाउँपालिकामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ तथा शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

“गणकसँगै पहिलो चरणको जनगणनामा काम गरेका ८० सुपरीवेक्षकलाई पनि मूल गणनामा खटाइने छ,” पन्तले भन्नुभयो । छनोट भएका गणकलाई आजदेखि कात्तिक १६ गतेसम्म तालिम प्रदान गरिनेछ । उनीहरूलाई जनगणनाका बेलामा सोधिने प्रश्नका विषयमा तालिम दिइने बताइएको छ ।दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकको तालिम दशरथचन्द नगरपालिकामा तथा डिलासैनी र दोगडाकेदार गाउँपालिकाका गणकको तालिम दोगडाकेदारमा सञ्चालन हुनेछ ।

यस्तै सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकको तालिम पाटनमा तथा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकको तालिम मेलौलीमा सञ्चालन हुने कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गरिने बताइएको छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता ः राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।