पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी

अच्युत रेग्मी,पालुङटार (गोरखा), १४ कात्तिक । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गर्नुभएको हो । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आउनुभएका उहाँले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गर्नुभएको हो । “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरेँ”, उहाँले भन्नुभयो ।

सुरुआती चरणमा रु ७० लाख लगानी गरेर टर्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गर्नुभएको छ । केही समय पहिले ९०० टर्कीपालन गर्नुभएका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् । लुइँटेलले पालन गर्नुभएको टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । “हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

डेढ वर्षदेखि टर्कीपालन गर्दै आउनुभएका उहाँले एउटा टर्की १५ किलोसम्म बनाउनुभएको छ । उहाँले टर्कीको मासु एक किलोको रु एक हजारमा बिक्री वितरण गर्दै आएको बताउनुभयो । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो । श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाउनुभएका जीवमनिले हाल आफँै गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पु¥याउँदै आउनुभएको छ ।

“परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो । टर्कीपालनबाटै उहाँले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराउनुभएको छ । उहाँका छोराछोरीमध्ये हाल एक छोरी अमरज्योति जनता माध्यामिक विद्यालय लुइँटेलमा कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययनरत हुनुहुन्छ भने अर्की छोरी गोरखा पोलिटेक्निकलमा प्राविधिक शिक्षा अध्ययनरत हुनुहुन्छ । आगामी दिनमा उहाँले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने राससलाई जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।