चन्द्रागिरि हिल्सका महाप्रबन्धकलाई ‘वल्र्ड् बुक अफ रेकर्डस्’ सम्मान
काठमाडौँ, १४ कात्तिक । काठमाडौँ उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई आज यहाँ आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गर्नुभएको हो । बेलायतस्थित ‘वल्र्ड् बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवाक्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो । व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यअनुरुप शाहलाई सो सम्मान प्रदान गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरले जनाएको छ ।
नेपालको पर्यटन क्षेत्रमा देखिनेगरी योगदान गरेकाले चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक शाहलाई सम्मान गरिएको नेपाल च्याप्टरका प्रमुख सागर कटुवालले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाको पर्यटन क्षेत्रको विकास र विस्तारमा चन्द्रागिरि केवलकारले महत्वपूर्ण योगदान गरेको छ । चन्द्रागिरिको टाकुरामा रहेको भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माणसँगै सो कम्पनीले एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको छ ।
यो पनि पढ्नुहोस …लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
लहान, १४ कात्तिक । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–९ डण्डाटोलमा जसपा सिरहाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सबैको सर्वस्वीकार्य बनाउनुपर्ने बताउनुभयो । सबै दलको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही लोकतन्त्र स्थापना हुन नसकेको टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, “लोकतन्त्रमा सबै जातिभाषा, धर्म, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ ।
राज्यको हरेक अङ्गमा सामानुपातिक प्रतिनिधित्वले मात्र हिमाल, पहाड, तराईलाई एकजुट भएर अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले संविधान संशोधन गरी नयाँ सङ्घीय व्यवस्था स्थापना गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको जिकिर गर्नुभयो । “आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउन लाग्नुहोस्” डा. भट्टराई भन्नुभयो,“ तपाईहरू सङ्गठन विस्तार, शुदृढीकरण र प्रचारमा जुट्नुस् हामीले आज गरेको मेहनतले भोलि परिणाम दिने हो ।”


