सडक दु,र्घटनामा १८ वर्षीय रोशन गुरुङको मृ,त्यु

दमौली, १५ कात्तिक । तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दु,र्घटनामा एक युवकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गुरुङको मृ,त्यु भएको हो । उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दु,र्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्ती घा,इते भएका छन् । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

एक लाख नगदसहित १५ जुवाडे प,क्राउ

आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरस्थित क्विन वि रेष्टुरेण्टमा कौडा खेलिरहेका अवस्थामा १५ जुवाडे प,क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले १५ जुवाडे प,क्राउ गरेको हो । प,क्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाईँ, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ, पूर्णबहादुर गुरुङ र खड्कबहादुर गुरुङ रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो । निजहरुबाट एक लाख १३ हजार नगद, १६ थान कौडा बरामद गरिएको छ । प,क्राउ परेका विरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयबाट जुवासम्बन्धी कसुरमा म्याद थप गरिएको छ । दिउँसोदेखि लगाताररूपमा ठूलो धनराशिमा कौडा खेलेको गोप्य सूचनाका आधारमा प्रहरीले घर खानतलासी गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।