नेपाल प्रेस यूनियन धनकुटा शाखाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
धनकुटा,१६ कार्तिक । नेपाल प्रेस यूनियन धनकुटा शाखाले शुभ दिपावली, नेपाल सम्वत, छठ, चासोक ताग्नाम लगायतका चाड पर्वको अवसरमा शुभकामना आदना प्रदान कार्यक्रम सम्पन्न गरेको छ । युनियनले धनकुटामा आज कार्यक्रम गर्दै शुभकामना आदाना प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रमा नेपाल प्रेस युनियका केन्द्रिय उपाध्याक्ष बिजयसन्तोषी राई, प्रदेश सभा सदस्य लिला सुब्वा, संविधान सभा सदस्य अन्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका कोषध्यक्ष दिनेश राई , नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता बराईली, नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका अध्यक्ष नगेन्द्र राई, नेपाल प्रेस यूनियका सल्लाकार खगेन्द्र प्रसाद घिमिरे, मोहन वान्तवा राई, पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई , पत्रकार महासंघ धनकुटाका उपाध्यक्षहरु विदुर खवास, देबकला कार्कि, सचिव हरि बहादुरर लम्जेल, कोषध्यक्ष रबिन कट्टेल, पत्रकारहरु विनोद घिमिरे,कविराज घिमिरे, रमेश चन्द्र अधिकारी सन्तोष सुवेदी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु , टेडयूनियन कांग्रेस धनकुटाका अध्यक्ष बिगेन्द्र याख्खा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य खेम पौडेल लगायतले शुभकामना दिनु भएको नेपाल प्रेस यूनियन धनकुटा शाखा सहसचिव शर्मिला राईले जानकारी दिनु भयो ।
अघिल्लो बर्ष कोरोना का कारण कार्यक्रम नगरेको यूनियनले यो बर्ष भने स्वाथ्य मापदण्ड लाई पालना गर्दै कार्यक्रम आयोजना गरेको नेपाल प्रेस युनियन धनकुटा शाखाका कोषध्यक्ष पूर्णकुमार चौधरीले जानकारी दिनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस युनियन धनकुटा शाखाका उपाध्यक्ष नरेन्द्र राईले गर्नु भएको थियो भने कार्यक्रको संचालन सचिव विकास घिमिरेले गर्नु भएको थियो । नेपाल प्रेस यूनियन धनकुटा शाखाकी अध्यक्ष हिमा चेम्जोगको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


