शहिदभुमि गाउपालिकामा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती यसरी मनाइयो

धनकुटा । शहिदभुमि गाउपालिकाले राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती धनवन्तरीको पुजा अर्चना गरी मनाएको छ । गाउपालिकाको वडा नं ३ छिन्ताङ आयुर्वेद औषधालयको आयोजनामा आज धनवन्तरीको पूजाअर्चना गर्दै आयुर्वेद चिकित्साको विषयमा सरोकारवला र स्थानिय बीच , छलफल तथा अन्तरक्रिया गरेर मनाईएको गाउपालिकाको प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।

कार्यक्रममा बोल्नु हुदै गााउपालिका अध्यक्ष मनोज राईले नेपालमा वि स १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस स्थापना भएपछि धनवन्तरी जयन्ती मनाउन थालिएको जानकारी दिनुभएको थियो ।

त्यस्तै गरी उहाले आयुर्वेद चिकित्सापद्धति नसर्ने रोगहरुका लागि उपयोगि रहेको बताउनु भयो । साथै उहाले नेपाल सरकारले आयुर्वेद औषध चिक्तिसापद्धतिलाई मान्यता दिईसकेकाले स्थानियसरकारले पनि आयुर्वेद चिकित्सालाई अगाढि बढाउन सके आफ्नै गाँउ घर वन जङ्गंलमा पाइने जडीबुटीबाट विभिन्न रोगको उचार गर्न सकिने बताउनु भयो । साथै उहाले अरु औषधिले जस्तो आयुर्वै औषधीले साइड इफेक्ट नगर्ने बताउनु भयो ।

छिन्ताङ आयुर्वेद औषधालयका प्रमुख सन्जय प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रत्नश्वरी राई वडा अध्यक्षक्षहरु कर्मचारी स्थानियको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।