चियापान तथा शूभकामना आदान प्रदान कार्यक्रम
धनकुटा । नेपालीहरुको दोश्रो ठूलो चाड दीपावलीको अवसरमा नेपाली कांग्रेस धनकुटा नगरपालिका १ नं वडा कार्य समितिले चियापान तथा शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीका १ नं वडा सभापति वीर वहादुर तितुङको अध्यक्षता तथा जिल्ला सभापति अग्नी प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाका केही व्यक्ति नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको वडा कार्य समितिले जनाएको छ ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले स्वागत गरेको नेपाली कांग्रेस १ नं वडा सचिव अच्युत घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य लिला सुब्बा,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नगर सभापति नरेष श्रेष्ठ,उपसभापति अमित ल्हो,जिल्ला सदस्यहरु शान्ति खड्का,जयन्द्र घिसिङ,गिरिजा दाहाल,ज्ञानु गुरुङ,घनेन्द्र श्रेष्ठ लगायतले शूभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पार्टीका पूर्व वडा सभापति नारायण गोङवाले गर्नुभएको थियो । सञ्चालन सचिव घिमिरेले गर्नुभएको थियो ।


