नौ लाखसहित २९ जना प,क्राउ
दमौली, १७ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना प,क्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई प,क्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई प,क्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प,क्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार छन् ।
यसतै शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराई समेत प,क्राउ परेका छन् ।
यो पनि पढ्नुहोस्..बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष
बलेवा, १७ कात्तिक । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो ।
भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ । गुठीले भक्तजनबाट प्राप्त भेटी व्यवस्थापन गर्दैआएको छ । खर्च कटाएर उक्त रकम बचत गरेको हो । नौवर्षे कार्यकाल सकेर बिदाइ हुनुभएका गुठीका अध्यक्ष राजु खड्काले उक्त हिसाब विवरण सार्वजनिक गर्नुभएको हो ।
खड्का अध्यक्ष हुनुअघि सञ्चालक समिति र पुजारीले सबै भेटी डालोमा हालेर लैजाने गर्थे । उहाँ अध्यक्ष भएपछि भेटी सार्वजनिक गर्ने चलन सुरु भएको हो । गुठीमै लेखापाल राखेर दोहोरो हिसाब राख्न थालेपछि मन्दिर क्षेत्रमा विकास निर्माणका काम हुन थालेका छन् । कर्मचारी व्यवस्थापन र कोषसमेत सञ्चालन हुन थालेको हो ।कोष बनेपछि कालिका मन्दिर जाने ७०० मिटर बाटो ढलान गरेर ढुङ्गा छाप्ने कामसमेत भएको छ । पूजा तथा बलि व्यवस्थापन, मन्दिरको छाना तामाले छाउने र नयाँ सत्तल निर्माण भएको छ ।
ती सबै व्यवस्थापनका लागि चार वर्षमा रु १० करोड बढी खर्च भएको खड्काले जानकारी दिनुभयो । कालिका भजन समूह निर्माण, मन्दिर नजिकै वन्यजन्तु उद्यान निर्माण, भ्यूप्वाइन्ट निर्माण र बलि व्यवस्थापन गरिएको छ । कालिका भगवती मन्दिर तथा पूजा व्यवस्थापनबाहेक पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना समेत निर्माण गरिएको छ । गुरुयोजनामा धर्मशाला, वृद्धाश्रम, सवारी पार्किङ, मालढुङ्गाबाट कालिका मन्दिर जाने लिफ्टसमेत बनाइने उल्लेख छ । वैज्ञानिक वन व्यवस्थापन पनि गुरुयोजनामा समावेश छ । गुठीले आगामी २०८० साललाई ‘कालिका दर्शन वर्ष’ घोषणा गरेको छ ।


