प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुर्खेतमा

सुर्खेत, १७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बा,ढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुग्नुभएको छ ।मन्त्री खाँणले ती जिल्लाको बा,ढी प,हिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत गर्नुहुने छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्ष,ति भएको थियो । गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्नुभयो । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्..‘तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य जोगाऔँ’
टीकापुर, १७ कात्तिक ।कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला खानेकुरा पकाउनु हुन्छ । “रोटी पकाउन सुरु भइसकेको छ । तिहारमा महिनौँसम्म खानका लागि रोटी पकाउने गर्दछु”, उहाँले भन्नुभयो, “तिहारमा विभिन्न प्रकारका चिल्ला रोटी र मिठाई बनाएर रमाइलो गर्ने चलन छ । भाइटीकाका दिन दाजुभाइलाई पनि विभिन्न प्रकारका रोटी र मसला कोसेली दिने गर्छौँ ।”

तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्वपूर्ण पर्व भएकाले यसलाई विशेष तवरले मनाउने गरिन्छ । विशेषगरी दाजुभाइ, दिदीबहिनी जमघट भएर भाइटीका लगाउने, मीठो खाने, कोसेली दिने चलन छ । तिहारको समयमा दाजुभाइलाई कोसेली दिन र खुवाउन दिदीबहिनीले विभिन्न चिल्ला परिकार पकाउने गर्दछन् । टीकापुरकै सृष्टि शाहलाई पनि तिहारमा रोटी नपकाउँदा रमाइलो लाग्दैन । उहाँका छिमेका सबै मिलेर रोटी पकाउनुहुन्छ । थरिथरिका रोटी पकाउँदा, घर झिलिमिली गर्दा बल्ल रमाइलो हुन्छ उहाँ भन्नुहुन्छ, “हामी छिमेकमा मिलेर पालैपालो रोटी पकाउने गर्छौँ”, शाहले भन्नुभयो, “सबै मिलेर पकाउँदा रमाइलो हुन्छ, चाडवाडमा मीठो र चिल्लो खाने, खुवाउने, अरुलाई बाँड्ने गर्छौँ ।”

जानकी गाउँपालिकाकी रुपकला विकको घरमा तिहारका लागि आवश्यक रोटी, फिनी, अर्सा, अनारसा र झिलङ्गी पाकिसके । अब उहाँ सेलरोटी पकाउने तयारीमा हुनुहुन्छ । चार दाजुभाइलाई टीका लगाउने तयारीमा जुटेकी विकले छिमेकीको सहयोग लिएर रोटी पकाउनुभयो । “यसरी पकाएका रोटी एक महिनासम्म राख्छौँ, तेल र घ्यूमात्र प्रयोग गरेका रोटी महिनौँसम्म राख्दा केही बिग्रँदैन ।”स्वास्थ्यकर्मी मेलिना केसीले पनि तिहारको समयमा रोटी पकाउनुहुन्छ । उहाँ चाडपर्व मनाउनका लागि मात्रै रोटी पकाउनुहुन्छ । केसीको परिवारलाई अनावश्यक चिल्लो खानेकुरा खान हुँदैन भन्ने राम्ररी थाह छ । “पर्व मनाउनका लागि थोरै परिकार पाक्छ, पाकेको परिकार देउसीभैलो खेल्नेलाई पनि खुवाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “हामी सचेत छौँ, अनावश्यक चिल्लो खादैनौँ, चिल्लो खाइहाले पनि रेसादार, झोलिलो खानेकुरा र हरियो सागपात बढी खान्छौँ ।”

केसीको परिवारलाई एकैपटक बढी चिल्लो र मीठो खानु हुँदैन भन्ने थाहा छ । “मैले मेरा बच्चालाई पनि खानपानमा ध्यान दिनुपर्छ भनी सिकाएकी छु”, उहाँले भन्नुभयो, “चाडपर्वमा ख्याल नगर्दा स्वास्थ्य समस्या बढ्न सक्छ ।” तिहारमा पकाइने सेलरोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनपर्ने चिकित्सकको सुझाव छ ।

टीकापुर अस्पतालका डा सम्वाद खरेल तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताउनुहुन्छ । “खानेतेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्छ”, डा खरेल भन्नुहुन्छ, ‘‘खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभावी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।” डा खरेल चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुहुन्छ । “स्वास्थ्य नै मानिसको जीवन भएकाले खानपानमा ध्यान दिऔँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।