राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज
काठमाडौँ, १७ कात्तिक ।नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।“यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फछ््र्याैट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो”, बैंकद्वारा जारी सूचनामा भनिएको छ।
राष्ट्र बैैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फछ््र्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो । “भुक्तानी तथा फछ््र्याैट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालमा ल्याउन नसकेपछि अनुमतिपत्र खारेज गरिएको हो”, उहाँले भन्नुभयो ।
यो पनि पढ्नुहोस्..मुख्यमन्त्री पोखरेलद्वारा भेटेरीनरी अस्पतालको शिलान्यास
तनहुँ, १७ कात्तिक। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ, डोवाटे विक र बिन्दु थापाको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले मङ्गलबार सो अस्पतालको शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले भावी दिनमा पशु उपचारका क्षेत्रमा अस्पतालले नमूनाका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटेरेनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा हाल पशु विज्ञ केन्द्र भएकै स्थानमा निर्माण हुन लागेको सो भेटेरेनरी अस्पतालमा दुई प्रयोगशाला र २३ कोठा निर्माण गरिने छ । अस्पतालले पशुका लागि अत्यावश्यकीय शल्यक्रिया, थेरापी तथा आइसीयू र युएसजीसमेतका सेवा उपलब्ध गराउने छ । रु १० करोडको लागतमा मोडल भेटेरेनरी अस्पताल निर्माण हुन लागेको हो । उक्त अस्पताल तनहुँ र आसपासका जिल्लाको नमूना हुने केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो । उक्त भवनमा तालिम कक्ष, बैठक कक्ष र पुस्तकालयका अतिरिक्त आवाससमेत रहने छ ।


