नेपाल बैंक लिमिटेड पाख्रीबास शाखाद्वारा खानेपानी उपभोक्ता समितिलाई नगद सहयोग,१ थान कम्प्युटर पनि दिइने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा खानेपानी पम्पिङ आयोजना शिलान्यास गरिएको छ । राम्चे डाडामा निर्माण गर्न लागिएको आयोजनाको संघीय संसद राजेन्द्र कुमार राइले शिलान्यास गर्नुभएको हो ।

संघीय खानेपानी तथा ढल, व्यवस्थापन , मुगाखोला खानेपानी तथा सरसफाइ समिति र नगरको आर्थिक लगानीमा सम्पन्न हुने आयोजनाको निर्माण श्री सि। ए।बि युनिभर्सल जोइन्ट भेन्चर दमकले जिम्मा लिएको छ ।

आयोजनाको कुल लागत २८ करोड ५८ लाख ७२ हजार ४९ रुपैया रहेको छ भने सम्झौता रकम १३ करोड ७९ लाख ९३ हजार ९८ रूपैयाँ रहेको छ । यो आयोजनाको सम्झौता मिति २०७८ साल २३ गते रहेको छ भने आयोजनाको २०८० साल ३ महिना २२ गते रहेको छ ।

सोहि अवसरमा दिगो खानेपानीको व्यवस्थापनका लागि समितिले गरेको कामको मुल्यांकन गर्दै नेपाल बैंक लिमिटेड पाख्रिवास शाखाले रु २० हजार नगद प्रिन्टर खरिदको लागि मुगाखोला उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल सरकारको स्वमित्वमा संचालित नेबैलि १९९४ कार्तिक ३० गतेबाट संचालनमा आएको हो ।बैंकको ८५ औं बार्षिकोत्सवका दिन समितिलाई थप एक थान कम्प्युटर प्रदान गरिने बैंकका शाखा प्रमुख सुनिल शाहले बताउनु भयो ।

पाख्रीबासमा शाखा खोलिएपछि बैंकले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्…महाधिवेशन पार्टी सभापतिको हातमा छैन, जसले जे भने पनि नपत्याउनुस् : प्रधानमन्त्री देउवा
भक्तपुर, १९ कात्तिक (रासस) : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ ।” निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उहाँले समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुन्छ, भन्नुभयो ।

कसैको पनि कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हँुदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।”

पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मतरूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित–हारबाट दुश्मनी नबढोस् ।” उहाँले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोरोनाविरुद्धको पहिलो र दोस्रोपटक खोप लगाएकालाई पनि फेरि कोरोना सङ्क्रमण भएको छ, तेस्रोपटक पनि खोप दिनुपर्ने भएको छ, मैले पनि दुईपटक मात्रै लगाएको छु, तेस्रोपटक लगाउनुपर्छ, तपाईँहरु पनि दुईपटक खोप लिएकाले तेस्रोपटक पनि लगाउनुहोस् ।” सो अवसरमा उहाँले सहिद भरत गोपाल झाका परिवारलाई राज्यबाट पाउने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, जिल्ला सभापति दुर्लभ थापा, उपसभापति हरि नेपाल, सचिव उद्धव सिलवाललगायतले लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।