‘सुत्केरीले सेवा नपाउँदा स्वास्थ्यकर्मीले तलब नपाउने

मान्म, २१ कात्तिक । कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् । स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उहाँ चौकीकै प्राङ्गणमा सुत्केरी हुनुभयो । उहाँले छोरीलाई जन्म दिनुभएको हो । सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताउनुभयो । स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन् । सबै कर्मचारी तिहार बिदामा घर गएकाले स्वास्थ्यचौकीमा कोही नभएको अध्यक्ष बमले बताउनुभयो ।

“स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने कर्मचारीलाई हामीले कसरी राज्यको तलब दिएर राख्न सक्छौं”, उहाँले भन्नुभयो, “चाडबाडका बेला एकजना कर्मचारी स्वास्थ्य चौकीमा नहुनु विडम्बना हो ।” गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्यचौकीका दुई कर्मचारी अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताउनुभयो ।

तिहारको बेला ढोका बन्द गरेर बसेका स्वास्थकर्मीले सामान्य बिरामीको उपचारसमेत नपाएको गुनासो भए पनि गाउँपालिकाले बाध्य भएर त्यही आधारमा कारवाही गरिने अध्यक्ष बमले जानकारी दिनुभयो । “तीन महिनासम्म अनुपस्थित सबैको प्रोत्साहान भत्ताबापत पाउने मासिक रु सात हजार र दुई दिनअघि धौलागोह र दैनिकरको स्वास्थ्य संस्था अनुगमन गर्दा धौलागोहमा दुई अनमी र दैनिकरमा एक अनमीको पनि तलब काट्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र ७२ शिक्षक, ३१ स्वास्थ्यकर्मी, चार प्राविधिक र २७ प्रशासनतर्फका कर्मचारीले कात्तिक महिनाको आधा वा आंशिक र कही कर्मचारीको पूरै महिनाको तलब कटौती हुनेछ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।