देशभर आंशिक बदली हुने ,यी भु- भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २२ कात्तिक । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकास खुला भएकाले बढी चिसो महसुस गरिएको छ ।अहिले प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

भोलि मङ्गलबार पनि देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कात्तिक २४ गते बुधबार प्रदेश नं १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव ८ र न्यूनतम तापक्रम नौ दशमलब दुई डिग्री सेल्सियस रहेको छ ।

यो पनि पढ्नुहोस..बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय
इनरुवा, २२ कात्तिक । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै उनीहरु छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् । सुनसरीको इनरुवा– २ का बस्तीदेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासहितका मरिकले दिनरात बाँसको सामग्री बनाउन व्यस्त छन् । उनीहरुले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन सक्रिय रहेको सो समुदायका वीरेन्द्र मरिकले बताउनुभयो ।

छठ नजिएको बेला बाँसको सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अघिदेखि नै आफूहरु त्यस्ता सामग्री बनाउन लागेको उनीहरुको भनाइ छ । गाउँगाउँबाट अहिले नै बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताउनुभयो । छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्छ । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गर्छ । हरिनगरा र भुटहाबाट रु १५० देखि ३०० सम्ममा बाँस खरिद गरी सामग्री बनाइ स्थानीयवासीलाई बेच्न आफूहरु लागिपरेको राधे मरिकले बताउनुभयो । यता भुटाहाका मरिक लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाइरहेका छन् । मरिक समुदायको जीवनस्तर उकास्न बाँसको सामग्री नभइकन त्यसको विकल्प वा व्यावसायीकरणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖