झण्डै २४ वर्षअघि सुकेको मुहानबाट सुकेको, मुहानबाट पानी आउन थालेपछि…

सिमकोट, २३ कात्तिक । हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउनथालेपछि स्थानीयवासी खुसी भएका हुन् । सुकेको मुहानबाट पानी निस्कन थालेपछि सो वडावासी आ आफ्नो रीतिरिवाज र परम्परा अनुसार होमजाप गरी बन्द रहेको धारालाई मर्मत गरिएको छ । २४ वर्ष पहिले अदानचुली–३ रोकाया गाउँका बासिन्दाले रिठापाटा भन्ने ठाउँबाट पानी खाने गर्दथें । मुहानमा पानी सुकेपछि अन्यत्र गई पानी खानुपर्ने अवस्था रहेको थियो ।

तर केही दिन अगाडि लगातार परेको अविरल वर्षाले २४ वर्षसम्म सुकेको मुहानबाट पानी निस्कन थालेपछि देउसीभैलो खेलेर जम्मा भएको रकमबाट धारा मर्मत गरिएको स्थानीयवासी मीमबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार गाउँका सबै ज्येष्ठ नागरिक उपस्थित भई धारा मर्मत गरेको होमजग्गी रोकायाले बताउनुभयो । सुकेको मुहानबाट केही दिनसम्म पानी निरन्तर आएको खण्डमा सिमेन्ट प्रयोग गरेर धारा पक्की बनाइने भएको बताउनुभयो । गाउँमै सुकेको मुहानाट पानी निस्कन थालेपछि स्थानीयवासी खुसी भएका छन्, भने खानेपानीका लागि गाउँबाट टाढा जानुपर्ने बाध्यताको समेत अन्त्य भएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्..सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
काठमाडौँ, २३ कात्तिक । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

त्यस्तै प्राइम बैंकले आफना शेयरधनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ । बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।