धनकुटामा बसले दियो मोटरसाइकललाई ठ’क्कर,दुई घा’इते

धनकुटा, २३ कातिक । धनकुटामा म‌गलबार विहना भएको सवारी दु’र्घटनामा दुई जना घा\इते भएका छन् । धनकुटा नगरपालिका-६ फोक्लेन टापुमा भएको दुर्घटनामा मोरङ बेलबारी नगरपालिका- ८ घर भएका ४० वर्षका हरि भट्टराई र सोही ठाउँका ४२ वर्षका तुलसीप्रसाद भटराई घा’इते भएको प्रहरीले जनाएको छ। धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकललाई साेही दिसातर्फ जाँदै गरेको को. १ ख ७२४० नम्बरको बसले ठ’क्कर दिँदा मोटरसाइकलमा सवार हरिप्रसाद भट्टराई ग’म्भीर घा’इते भएका छन् । त्यस्तै मोटरसाइकल चालक तुलसी भट्टराई सामान्य घा’इते भएका छन् ।

ग’म्भीर घा’इते हरिको जिल्ला अस्पताल धनकुटा उपचार हुन नसकेपछि थप उपचाको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । मोटरसाइकललाई ठ’क्कर दिने बस र बसका चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए।

यो पनि..बेलिब्रिज प्रयोगविहीन
म्याग्दी, २३ कात्तिक (रासस) ःराष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत् प्रभावित बनेको छ ।

स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन् । दुई वटा बेलिब्रिज प्रयोगविहीन बनिसकेको बेनी–जोमसोम सडकका थप दुई वटा बेलिब्रिज पनि विस्थापित हुने अवस्थामा रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ महभिर र मुस्ताङको थासाङ गाउँपालिकाको लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिज प्रयोगविहीन बनेको बताउनुभयो ।

“अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा पर्ने पाखेरेबगरस्थित कालीगण्डकी र बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित राहुघाट नदीमा पनि पक्की पुल निर्माणको अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न ठेक्का सम्झौतामा उल्लेख भए पनि अन्य पुल स्थानान्तरणका लागि नीतिगत निर्णयको आवश्यकता छ ।”

विसं २०६३ मा मार्ग खुलेको ७६ किलोमिटर दूरीको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा पक्की पुल निर्माण नहुँदासम्मका लागि नेपाली सेनाले बेलिब्रिज बनाएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेगखोलाको बेलिब्रिज बाढीले बढाएको थियो । अन्य ठाउँका बेलिब्रिज सामान्य मर्मत गरेर स्थानान्तरण गर्न सकिने अवस्थाका छन् ।

बेगखोला, रुप्सेखोलालगायतका ठाउँमा पुल नहुँदा बर्खा याममा बाढी आउदा बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित हुने गरेको छ । लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न पक्की पुल निर्माणको ठेक्का सम्झौतामा उल्लेख भए पनि स्थानान्तरण गर्ने ठाउँ तय नहुँदा अलमल भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

सोमबार भएको जिल्ला समन्वय समिति म्याग्दीको छैठांै जिल्ला सभाले प्रयोगविहीन बेलिब्रिज स्थानान्तरणका विषयमा छलफल भए पनि ठोस् निर्णय हुन सकेन् । सम्बद्ध निकाय र बेलिब्रिज बनाएको नेपाली सेनासँग परामर्श गरेर बेलिब्रिज स्थानान्तरण गर्ने ठाउँ छनोट गरेर सिफारिस गर्ने जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माणाधीन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेवेल पुल अलपत्र बनेका छन् । आयोजनाका इञ्जिनीयर आश्वीनीकुमार यादवले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताउनुभयो ।

“४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ”, उहाँले भन्नुभयो “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।