कालीकोट सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए

मान्म, २३ कात्तिक । कालीकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट, प्रतिमाचोक, बीच बजार, पुरानो बसपार्कलगायतका २८ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका थिए ।
स्थानीय सरकार, वित्तीय संस्था, उद्योगी तथा व्यापारीको सहयोगमा जडान गरिएको २८ वटा सिसिटिभी क्यामरामध्ये हाल तीन वटा मात्र सञ्चालनमा रहेका छन् । मान्म बजारका सार्वजनिक स्थानमा राखिएका सिसिटिभी क्यामरामध्ये अधिकांशले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रबहादुर शाहले बताउनुभयो ।‘२८ वटा सिसिटिभी क्यामरामध्ये तीन वटाले मात्र काम गर्छन् ।’ उहाँले भन्नुभयो, “धुवाँ, धुलो, पानी, चट्याङका कारणले क्यामरा बिग्रिएका हुनसक्छन् ।” सिसिटिभी क्यामरा बिग्रिँदा बजार क्षेत्रमा हुने आपराधिक घटना, चोरी, सवारी दु,र्घटनालगायतका घटनाको अनुसन्धानमा समेत समस्या आएको प्रहरी प्रमुख शाहले बताउनुभयो ।

“जडान गरिएका सिसिटिभी क्यामराबाट विगतमा अपराध अनुसन्धान सजिलो भएको थियो”, उहाँले भन्नुभयो, “विगतमा सिसिटिभी क्यामरामार्फत आपाराधिक घटनामा संग्लनलाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न सजिलो भएको थियो ।” सिसिटिभी क्यामरा बिग्रिएको जानकारी आफूले पाएको र बिग्रिएका सिसिटिभी क्यामरा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटाइने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “प्राविधिक टोली खटाएर सिसिटिभी क्यामरा मर्मत तथा नयाँ राख्ने काम हुनेछ”, उहाँले भन्नुभयो ।सिसिटिभी क्यामरा जडानका लागि कर्णाली प्रदेश सरकारको रु २० लाख, खाँडाचक्र नगरपालिकाको रु १० लाख र वित्तीय संस्था तथा अन्य सङ्घ संस्थाको रु १० लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्..अक्सिजन उत्पादन र आइसीयु सेवा
फुङ्लिङ, २३ कात्तिक । ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो,“स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ताप्लेजुङ जस्तो दुर्गम र हिमाली जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्थ सेवा पाउनु भनेको ठूलो कुरा हो ।”

जिल्ला अस्पतलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसके पाथीभरा मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न तथा ताप्लेजुङको विभिन्न पर्यटकीयस्थलमा आउने पर्यटकरुलाई पनि सहज रुपमा सेवा दिनसकेमा पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने भट्टराईले बताउनुभयो । रु ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोडमा सघन उपचार कक्ष बेड स्थापना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेण्डेन्ट डाक्टर सोनिङ लामाले बताउनुभयो ।

अक्सिजन प्लान्ट जडान पूरा भएकोले अब यही प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामको २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालमा पाँच श्ययाको सघन उपचार कक्ष भए पनि भवन अभावले अहिले दुई श्ययाको मात्र जडान भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनुभयो । उपकरण सबै जिल्ला अस्पतालमा आइसकेको भए पनि पाँच श्ययाको उपचार कक्ष बेड राख्ने ठाउँ नभएको मादेनले बताउनुभयो । प्रविधि जडान भएसँगै दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने मादेनले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।