अरुण नदीमा पक्की पुल बन्छ- मुख्यमन्त्री राई

किमाथाङ्का, २३ कात्तिक । प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताउनुभएको छ ।सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाउनुभयो । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवसीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्..जुत्ताचप्पलको व्यापार मेला शुक्रबारदेखि हुने
काठमाडौँ, २३ कात्तिक । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले यही कात्तिक २६ देखि मङ्सिर १३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक होमनाथ उपाध्यायले विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिने जानकारी दिनुभयो । मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ ।

करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ । एसोसिएसनका पूर्वअध्यक्ष रामकृष्ण प्रसाईंले महामारीका कारण अन्तर्राष्ट्रिय बजारबाट सहजरूपमा कच्चापदार्थ आयात हुन नसकेकाले मागअनुसारको उत्पादन तथा बिक्री दुवै हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको बताउनुभयो । एसोसिएसनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।