भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको शहिदभुमि गााउपालिका छिन्ताङ साम्बु गााउमा दिपावली तथा छठ पर्वको अवसरमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै १ नं प्रदेश संसद निरन राईले देशमा राजनितिक ,सास्कृतिक ,सामाजिक परिवर्तनको लागि युवाहरुको ठुलो भुमिका रहेको बताउनु भयो । उहाले विभिन्न समयमा आयोजना हुने सास्कृतिक कार्यक्रमले युवाहरुलाई अझ जोश जागर प्रदान गर्नुका साथै अगाडि बढ्नका लागि प्रेरणा प्रदान गर्ने बताउनु भयो ।
त्यस्तै शहिद भुमि गाउपालिका अध्यक्ष मनोज राइले युवाहरको व्यक्तित्व विकासका लागि खेलकुदले ठूलो भुमिका खेल्ने भएकाले गाउपालिका भित्ररहेका युवाहरुलाई खेलकुदका माध्यम बाट विकास गर्नका लागि हरेक वर्ष निरन्तर रुपमा खेलकुद क्लब तथा विभिन्न युवा समुह संग सहकार्य गरेर खेलकुदका कार्यक्रम सञ्चालन भईरहेको बताउनु भयो ।
साम्बुगाँउ क्रिएटिभ युवा क्लव शहिदभुमि २ छिन्ताङको अयोजनामा सञ्चालित भलिवल प्रतियोगितमा प्रथम हतुवागडी भोजपुर र दोस्रो सागुरिगढी गाउपालिका भएकाछन् । खेलमा प्रथम स्थान हाँसिल गरेका हतुवागडी गाउपालिकालाई नगद ४० हजार सहित ट्रफि मेडल तथा प्रमाण पत्र पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद निरन राई र विशेष अतिथि शहिदभुमि गाउपालिका अध्यक्ष मनोज राईले प्रदान गर्नु भएको थियो ।

त्यस्तै गरि दोस्रो सागुरिगाढी गााउपालिकाले पनि रु २० हजार सहित ट्रफि मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । भलिबल प्रतियोगितामा जम्मा ७ वटा टिमको सहभागिता रहेको आयोजक क्लबका सल्लाहाकार बलिन्द्र राईले जनाकारी दिनुभयो । साम्बु गाँउसाझ सास्कृतिक कार्यक्रममा भ्वाइसअफ नेपालका ग्रान्डफिनालिस्ट ज्वाला राईले सितल सितल, दर्शन नमस्ते , कस्तो माया बस्यो ,तुलिस आगनमा रोपउला लगायतका दर्जन बढी गित गाएर मनोरञ्जन दिएका थिए ।
त्यस्तै कार्यक्रममा स्थानिय कलाकारहरुले पनि गायन तथा नृत्य प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष बालकुमार राईले कार्यक्रमका प्रमुख अतिथि , विशेष अतिथि , अतिथिहरुलाई मायाको चिनो वितरण गर्नुका साथै गाउका समाजसेवी बुद्धिजिविहरुलाई पनि सम्मान गनुभएको थियो ।



