झापामा चर्चित मङ्गोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने

झापा, २४ कात्तिक । शिवसताक्षी नगरपालिका–८ मा रु ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मङ्गोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ । पार्कको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले आगामी मङ्सिर १० गते सो कार्यक्रम गरिने वाटर किङ्डम पार्क एण्ड रिसोर्टका सञ्चालक सौजनराज सङ्ग्रौलाले मङ्गलबार पत्रकार सम्मलेन गरी जानकारी दिनुभयो । बिर्तामोडदेखि पश्चिम १७ किलोमिटर र दमकपूर्व १४ किलोमिटरमा रहेको पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि ३०० मिटर दक्षिणमा रहेको पार्कमा प्रत्येक महिना विभिन्न साङ्गीतिक कार्यक्रम हुँदै आएको उहाँले बताउनुभयो ।

ठूलो लगानी गरेर गत वर्ष मात्र सञ्चालनमा ल्याइएको पार्क कोभिड–१९ को महामारीका कारण लामो समय बन्द हुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँको भनाइ छ । बन्दको समयमा रु छ करोड ५० लाख घाटा व्यहोरेको पार्कमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । “सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै आन्तरिक पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको बाह्य पर्यटकलाई पनि आकर्षण गर्ने हो । लामा देशकै चर्चित साङ्गीतिक क्षेत्रका हस्ती हुनुहुन्छ । हाम्रो पार्कको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने अपेक्षाले कार्यक्रम आयोजना गरेका हाँै ।”

कार्यक्रम सञ्चालनका लागि रु ३० लाख अनुमानित खर्च हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मनोरञ्जन लिन आउने सहभागीबाट रु एक हजारदेखि २५ हजारसम्मको टिकट बिक्री गरिने योजना छ । साङ्गीतिक कार्यक्रमबाट मनोरञ्जन लिनका लागि करिब पाँच हजार पर्यटक भित्र्याउने अपेक्षा लिएको उहाँको भनाइ छ ।पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् ।

पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइक्लिङ पनि व्यवस्था गरिएको सञ्चालक समिति सदस्य तथा पत्रकार विनोद सापकोटाले बताउनुभयो । उहाँका अनुसार पार्कसँगै विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा–समारोह गर्नका लागि सुविधासम्पन्न रिसोर्टसमेत सञ्चालनमा रहेको छ । यहाँ स्थानीयवासी ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।