सुनको मूल्य उकालो

काठमाडौँ, २४ कात्तिक । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको मूल्य मङ्गलबार रु ९१ हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ।

यो पनि पढ्नुहोस्..ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या
कर्णाली, २४ कात्तिक । जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुलाई समस्या भएको हो । यही कात्तिक पहिलो साता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को हालसम्म नआएकाले पढाइ प्रभावित भएको गुनासो गर्नुभयो । उक्त विद्यालयका स्रोत शिक्षक दत्तबहादुर बुढाले कक्षा ११ को पाठ्यपुस्तक आइनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको भन्ने खबर आएको जानकारी दिनुभयो ।उहाँको अनुसार दृष्टिविहीनहरूको अध्ययनको सहारा ब्रेल पाठयपुस्तक समयमै नआउने र पटक–पटक विद्यार्थीमा यो पीडा दोहोरिएको छ । यस वर्ष कोरोनाका कारण समयमै पाठ्यपुस्तक विद्यालयमा जान ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले सबैको हातमा पाठ्यपुस्तक पु¥याउने निर्णयसमेत गरेको थियो ।

उहाँले भन्नुभयो, “नेपाल नेत्रहीन सङ्घ र नेपाल दृष्टि कल्याण सङ्घले पाठ्यपुस्तक छापिरहेका छन् । सामान्यतया गत वर्ष छापिएको कक्षा ११ पाठ्यपुस्तक अहिलेसम्म आउन सकेको छैन । हामीले गत वर्ष साथीहरूको फोन र समन्वयका भरमा अध्ययन गरेका थियौँ । अहिले पनि पाठ्यपुस्तक नआउँदा समस्या भएको छ ।”सङ्घका पूर्वअध्यक्ष नरबहादुर लिम्बूले यस वर्ष कक्षा ११ र १२ को कार्यक्रम सरकारले नराखेको जानकारी दिनुभयो । उहाँका अनुसार पाठ्यपुस्तक नछापिएकाले देशभरका ती तहमा अध्ययन गर्ने विद्यार्थी अन्योलमा छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिव्या दबाडी सरकारले कक्षा १० सम्ममात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले ११ र १२ को पाठ्यपुस्तक हालसम्म छाप्ने योजना राखेको छैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।