भण्डारण गरिएको आलु कुहिएर नष्टः बीउ जोगाउन मुस्किल

दाने बोहरा,सिमकोट, २४ कात्तिक ।
हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ । सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र बीउका लागि भण्डारण गरी राखिएको सयौँ क्विन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् । बीउका लागि र हिउँदमा खानका लागि खाल्डोमा भण्डार गरी राखिएको आलु कुहिएपछि थप समस्या बनाएको सिमकोट गाउँपालिका–५ का किसान माल्ती रोकायाले दुःखेसो गर्नुभयो ।

शीतभण्डारका लागि घर नजिकैको बारीमा खाल्डो खनेर राखिएको आलु कुहिएर खेर गएको स्थानीयवासी किसान रोकायाले बताउनुभयो । ६० केजीका नौ बोरा आलु जमिनमा खाल्डो खनेर गाडेको भए पनि कात्तिक पहिलो हप्ता तीन दिनको अविरल वर्षाले पानी पसेर कुहिएपछि त्यत्तिकै फाल्नुपरेको उहाँले बताउनुभयो । सबै आलु कुहिएपछि खान मात्र नभइ बीउ जोगाउनै मुस्किल भएको छ । यसैगरी स्थानीयवासी सुकिल्ली रोकायाको पनि आठ बोरा आलु कुहिएर काम नलाग्ने भएको छ । बारीमा खाल्डो खनेर गाडेर राखेको हिउँदका लागि तरकारी खाने र बीउका लागि राखेको आलु कुहिएर काम नलाग्ने भएपछि सबै फाल्नु परेको उहाँको भनाइ छ ।

अविरल वर्षाले आलु कुहिएपछि त्यत्तिकै खेर गएको स्थानीयवासी अर्का किसान मुक्ति रावतले बताउनुभयो । खाने आलुभन्दा बीउका लागि समस्या भएको उहाँको भनाइ छ । शीत भण्डारका लागि खाल्डो खनेर जमिनमा गाडिएको आलु वर्षाका कारण कुहिएपछि किसान हिउँदमा खाने तरकारी र बीउका लागि चिन्तित भएका हुन् । सिमकोट गाउँपालिका–५ का अधिकांश किसानको तीनदेखि चार क्विन्टल आलु कुहिएर खेर गएको छ।

आलु भण्डारणका लागि उपयुक्त साधनस्रोत नहुँदा हिउँदमा खाने र बीउका लागि खाडलमा राखिएको आलु नष्ट हुँदा लाखौं मूल्य बराबरको नोक्सानी भएको वडा नं ५ सुन्दर रावतले बताउनुभयो । उहाँले भन्नुभयो,“हिउँदमा अधिकांश किसानले खाडलमा भण्डारण गरिएको आलु बिक्री समेत हुने गथ्र्यो तर यो वर्ष बेमौसमी वर्षाले ठूलो क्षति गरेको छ ।” अब अर्को वर्ष बीउका लागि यहाँका किसानलाई थप समस्या निम्तिने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।