१२२ किलोग्राम लागुऔषध गाँजासहित एक प,क्राउ
मकवानपुर, २४ कात्तिक । अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित प,क्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ जयसिंहस्ती पूर्व–पश्चिम लोकमार्गबाट उक्त परिमाणको गाँजासहित उनलाई प,क्राउ गरेको हो । पक्राउ परेका प,क्राउ परेका मुक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो पनि पढ्नुहोस्..फूल बेचेर मनग्य आम्दानी
वालिङ, २४ कात्तिक । यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल हुनुभएको हो । ‘मौलाकालिका कृषि तथा पशुपक्षी फर्म’ मार्फत उहाँले एक हजार ५०० बिरुवा अमेरिकन सन ओरेन्ज मेरिगोल्ड र एक हजार ५०० बिरुवा मेरिगोल्ड गरी छ हजार फूलका बिरुवा लगाउनुभएको हो ।
“गाउँमा रहेको आफ्नै आठ रोपनी क्षेत्रफलको बारीमा व्यावसायिकरुपमा दुई महिनाअघि फूल खेती थालेको हुँ,” व्यवसायी रानाले भन्नुभयो, “विदेशबाट आएको फूलमा हामीले पैसा खर्च गरिरहेका छौँ, हाम्रै गाउँपाखामा रहेका बाँझो बारीमा फूल लगाए पनि यसबाट राम्रो आम्दानी लिन सकिने ठानेर फूललाई नै व्यवसायका रुपमा अगाडि बढाएको हुँ ।”दसैँ र तिहारको अवधिभरमा सात क्विन्टल फूल बिक्री गर्दा रु दुई लाख १० हजार आम्दानी गरेको व्यवसायी रानाले बताउनुभयो । फर्ममा उत्पादन भएको फूल प्रतिकेजी रु तीन सयका दरले बिक्री गर्नुभएको हो ।
यहाँ उत्पादन भएको फूल पोखरामा पाँच क्विन्टल, भैरहवामा एक क्विन्टल, फर्मबाटै एक क्विन्टल बिक्री भएको हो । “दसैँ र तिहारका समयमा यहाँ उत्पादन भएको फूलको माग स्याङ्जा जिल्लासहित पोखरा, भैरहवा लगायतका स्थानमा पुग्यो,” व्यवसायी रानाले भन्नुभयो, “माग अझै थियो तर पु¥याउन सकिन, अझै फुल्दै छ अब करीब दुई क्विन्टल फूल उत्पादन हुने अनुमान गरेको छु, उक्त फूल आउँदै गरेको ठूली एकादशी र मङ्सिरमा हुने विवाह लगायतका कार्यहरुमा बिक्री हुनेछ ।” उत्पादनका क्रममा बाँकी रहेको फूलबाट न्यूनतम पनि रु साठी हजार आम्दानी हुने अनुमान उहाँको छ । आगामी दिनमा नर्सरीलाई अझै व्यवस्थित र आधुनिक यन्त्र उपकरण, औजारहरुको प्रयोगबाट कम लागतमा उत्पादन लिने गरी तयारी थालेको उहाँले बताउनुभयो । एउटै याममा फूल बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि हौसला जागेकाले अझै ठूलो परिमाणमा खेती विस्तार गर्ने सोचमा उहाँ हुनुहुन्छ ।


