प्रेमबहादुर आले- धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथ अपरिहार्य
काठमाडौँ, २५ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताउनुभएको छ ।भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा यहाँस्थित भारतीय राजदूतावासले आयोजना गरेको छ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल ¥यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उहाँले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिनुभएको होे । पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिनुभएको हो ।
समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उहाँले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भन्नुभयो ।नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताउनुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले ¥यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । पचासवटा मोटरसाइकलको उक्त ¥याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।
यो पनि पढ्नुहोस्..एमालेको नेतृत्व चयन सहमतिमै : सचिव ज्ञवाली
चितवन, २५ कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक÷दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उहाँको भनाइ थियो । महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो । पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।” पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उहाँले बताउनुभयो, “१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।”


