इन्डोनेसियामा भू,कम्प

जाकार्ता। २५ कात्तिक इन्डोनेसियामा बिहीवार भू,कम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भू,कम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भू,कम्प गएको जनाएको छ । ठूलो भू,कम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ ः४५ बजेतिर भू,कम्प गएको हो ।

यो पनि पढ्नुहोस्..संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त
न्युयोर्क,कात्तिक २५ ।संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु¥याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हालको घटनाक्रमले रोहिंग्या शरणार्थीहरूको स्वैच्छिक, सुरक्षित, सम्मानजनक र दिगो फिर्ताको लागि विशेष गम्भीर चुनौतीहरू खडा गरेको परिषद्ले चेतावनी दिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

विद्रोही समूहका प्रवक्ताले यस झडपको जानकारी दिएका थिए । यस झडपको कारण युद्धविरामको तोडिएको छ । फेबु्रअरीमा सैन्य ‘कू’ पछि पनि म्यानमारको पश्चिम क्षेत्रमा शान्ति कायम राखेको थियो । दक्षिणपूर्वी एसियाली देश गत फेबु्रअरी भएको सैन्य कूपछि उच्च रुपमा अराजकत फैलिएको छ । सुरक्षा परिषदका सदस्यहरु ‘कोभिड–१९’ खोप न्यायसंगत, सुरक्षित वितरणको साथै आवश्यकता परेका सबै मानिसहरूलाई सुरक्षित र निर्वाध मानवीय पहुँचको लागी पनि आह्वान गरेका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप सबैका लागि पहुँच हुन पर्नेमा जोड दिएका छन् । सुनिश्चिताको लागि थप अन्तर्राष्ट्रिय समर्थनका लागि आह्वान पनि गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖