मनमा जस्तो तरंग हुन्छ, मस्तिष्कले त्यसरी नै काम गर्छ

ब्रह्मश्री मित्र/काठमाडौं, मानवजातिको सभ्यताको सुरुआतदेखि नै अर्थात् सनातन वैदिक कालदेखि नै जब मानिसले इनोभेसन गर्दै गयो, मानिसले खोज गर्दै गयो, त्यस क्रममा जीवन के हो? जगत के हो ? म को हुँ, कहाँबाट आएँ? किन छु? कहाँ जान्छु? समग्रमा मेरो वास्तविक अस्तित्व के हो? आदि जिज्ञासाहरू आए।हाम्रो वैदक समाजलाई अनि हाम्रा वैदिक ऋषिमुनिका योगदानलाई हामीले साँच्चै होसपूर्वक अवलोकन गर्ने हो भने त्यस बेला विभिन्न गहन अन्वेषण पनि भए। त्यो भनेको के हो भने मानिसको ब्रह्म जुन छ, चैतन्य जुन छ, यो यति सुक्ष्म छ कि उनीहरुले त्यसलाई विशिष्ट रूपमा सम्बोधन गरे।

आत्मा सुक्ष्म त सुक्ष्म छ, तर, त्यो कति सुक्ष्मभन्दा कुनै पनि सब–एटोमिक पार्टिकलभन्दा पनि सुक्ष्म छ। परम चैतन्य अनि ब्रह्म तत्व अत्यन्तै सूक्ष्म छ। अब सुक्ष्म मात्र होइन, त्यो कस्तो छ त भन्दा विशाल छ। त्यो आत्माको सुक्ष्मता र विशालताभित्र शरीर छ, विचार छ, मन छ, भावना छ, ताराहरू छन्, समुद्र छ, पृथ्वी छ, ग्यालेक्सी छ र सम्पूर्ण ब्रह्माण्ड छ।ऋषिमुनिहरुले आफ्नो त्यस्तो स्थिति प्राप्त गरे– ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्, पूर्णमुदच्यते, पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते।

उनीहरूले यसरी के भने भन्दा खेरि उनीहरुले यस्तो दिव्य अभिव्यक्ति दिए कि यो सम्पूर्ण ब्रह्माण्ड जो छ, यो युनिभर्स जो छ, पूर्ण छ। पूर्णबाट पूर्ण नै आउँछ, पूर्ण पूर्णमै गएर ‘डिजल्भ’ हुन्छ, फेरि पूर्ण पूर्ण नै रहन्छ भनेर बडो रहस्मय विचार व्यक्त गरे। यति गम्भीर र यति महत्वपूर्ण तथ्यमाथि एक्काइसौं शताब्दीका वैज्ञानिकहरूले खोजी गरिरहेका छन्।वैज्ञानिकहरू यो अभिव्यक्तिको नजिकसम्म पुग्ने कुरा छाडौं, सामान्य रूपमा चिहाउनसम्म सकेका छैनन् भन्दा पनि हुन्छ। किनभने वैज्ञानिक रूपमा ७० प्रतिशत ‘ड्राक इनर्जी’ छ, २९ प्रतिशत ‘ड्राक म्याटर’ छ, जुन वैज्ञानिकहरूले पत्ता लगाएका छन्, डिस्कभरी गरेका छन्, त्यो भनेको त शून्य दशमलव केही प्रतिशत मात्र हो भनेर आज चर्चा भइरहेको छ। अहिले बायोलोजीले आफ्नै तरिकाले काम गरिरहेको छ, केमेस्ट्रीले आफ्नै तरिकाले काम गरिरहेको छ, फिजिक्सले आफ्नै तरिकाले काम गरिरहेको छ, न्युरोसाइन्सले पनि आफ्नै तरिकाले काम गरेको छ।

त्यसैगरी, योग साइन्स अर्थात् अध्यात्म विज्ञानले पनि काम गरिरहेको छ र आफ्नै तरिकाले अभिव्यक्ति दिइरहेको छ। मानिस कन्फ्युजनमा परिरहेको छ भने उसले राम्ररी साधना गरिरहेको छैन, योग र ध्यानको वैज्ञानिक अभ्यास गरेको छैन र सही तरिकाले अनि शृंखलाबद्घ ढंगले जीवन र जगतलाई बुझ्न सकिरहेको छैन। यसरी मानिस अत्यन्त कन्फ्युजनको अवस्थाबाट गुज्रिरहेको छ।माइन्ड भनेको के हो, ब्रेन भनेको के हो, बडी भनेको के हो, स्प्रिट भनेको के हो?भनेर सधैं उल्झनको अवस्था छ। यसलाई हामीले बुझ्दाखेरि योगको भाषा, अभ्यात्मको भाषा र विज्ञानको भाषा आफ्नो ठाउँमा छँदैछ। विशाल अभिव्यक्ति छ यसको। आत्मामा शरीर बन्छ, शरीर पनि त्यहीँ डिजल्भ हुन्छ, विचार बन्छ, विचार पनि त्यहीँ डिजल्भ हुन्छ, श्वास पनि बन्छ, त्यहीँ डिजल्भ हुन्छ, ब्रेन पनि बन्छ, त्यही डिजल्भ हुन्छ। एभ्री थिङ्स इमर्ज एन्ड कोल्याप्स इन्टु द ब्रह्म, इन्टु द कन्सस्नेस, इन्टु द सोल, इन्टु द कुटस्थ कन्सस्नेस। यो निष्कर्ष अध्यात्मले धेरै पहिले नै दियो। यस विषयमा हाम्रा वैदिक मनिषीहरुले धेरै गम्भीर अनुसन्धान गरिसकेका छन्।

अनुसन्धानलाई जस्ताको तस्तै अभिव्यक्ति दिएर सही तरिकाले जनमानसमा पु¥याउने त्यस्तो कुनै टेक्नोलोजी त केही पनि छैन। एकपछि अर्को गर्दै श्रुति, स्मृतिबाटै यो कुरा अगाडि बढ्दै गएको हो। एकजनाले श्रुति ग¥यो, स्मृति ग¥यो अनि अनुभूति ग¥यो। यसरी नै उसले अर्कोलाई बतायो। यसरी नै यो क्रम चलिरहेको छ।

अहिले एक्काइसौं शताब्दीमा जुन तरिकाले न्युरो साइन्टिस्टहरुले मेहनत गरेका छन्, करिब २५–३० वर्षको न्युरो साइन्टिस्टहरुको अभिव्यक्ति र अवलोकनलाई हामीले हेर्ने हो भने ब्रेन इज एभ्रिथिङ अर्थात् ब्रेनले सबै कुरालाई सञ्चालन गर्छ। ब्रेनले माइन्ड, बडी र स्प्रिटलाई चलाउँछ। ब्रेन मानव जीवनको मुख्य कम्पोनेन्ट हो भनेर उनीहरु भन्ने गर्थे। खोज्दै जाँदा खेरि, अनुसन्धान गर्दै जाँदा खेरि र गहिराइमा अनुभूति गर्दै जाँदा खेरि अहिले के कुरा सावित भइसक्यो भने ब्रेन भनेको हाम्रो शरीरका अन्य अंगजस्तै एउटा मेकानिज्म हो। ब्रेनलाई माइन्डले चलाउँछ, माइन्डलाई स्प्रिटले चलाउँछ। स्प्रिटको आयाम यति विशाल छ कि यसले सबै लेभललाई सञ्चालन गर्छ। स्प्रिट जब भाइब्रेट गर्छ, त्यसले सेन्सेसन पैदा गर्छ। त्यो सेन्सेसनले टाइम र स्पेस पैदा गर्छ। त्यो टाइम र स्पेसमा माइन्डले फंक्सन गर्छ, मनको सुक्ष्म तरंगहरुले फंक्सन गर्छ। अनि, त्यो मनको तरंगले अहिले संसारमा जुन तरिकाले चिन्तन भइरहेको छ, मनको तरंग जस्तो हुन्छ, हाम्रो ब्रेनले त्यसरी नै काम गर्छ। हाम्रो शरीरका अंग–प्रत्यंगहरुले काम गर्छन्।

यदि मानिस स्ट्रेसमा आयो भने हाम्रो शरीरका हर्ट, किड्नीलगायत अंगमा त्यो स्ट्रेस महसुस हुन्छ। यसले एन्जाइटी पैदा हुन्छ, डिप्रेसन पैदा हुन्छ। यदि कोही व्यक्ति आनन्दित छ, शान्त छ र प्रसन्न छ भने उसका अंग–प्रत्यंग यसरी नै प्रसन्न हुन्छन्, प्रफुल्लित हुन्छन्। यसबाट शरीरमा डोपोमाइन, सेराटोनिनजस्ता राम्रा हर्मोन पैदा हुन्छन्।

यदि गलत तरिकाले माइन्डले काम ग¥यो, गलत तरिकाको चिन्तन र सोचाइ भयो भने ब्रेनमा त्यसको प्रभाव हुन्छ। ब्रेनमा जस्तो प्रभाव हुन्छ, त्यहीअनुसारको प्रभाव शरीरमा पनि हुन्छ। कसले चलाउँछ त यो माइन्डलाई, बडी र ब्रेनलाई अनि यो ब्रह्माण्डलाई। मौन र चैतन्यले मात्र यो काम गराउन सक्छ। साइलेन्स आत्माले चलाउँछ, साइलेन्स ब्रह्मबाट नै आएको हुन्छ। जसरी तलाउमा एउटा ढुंगा हान्दा तरंग आउँछ नि, समुद्रमा बोटिङ गर्दा पनि तरंग आउँछ नि। समुद्रमा छाल आउँछ, आँधी आउँछ, ट्रोनाडो आउँछ। तिनीहरुले समुद्रमा एक हिसाबले तरंग ल्याउँछ।

समुद्रको गहिराइमा हे¥यो भने त्यहाँ शान्त हुन्छ, त्यस्तै गरेर हाम्रो आत्मा तत्त्व, ब्रह्म तत्त्व र हामीभित्रको मौन तत्त्व छ। मौन तत्त्वमा बेलाबेलामा के हुन्छ भन्दाखेरि तरंग आउँछन्। तरंगको पहिलो कण भनेको मन हो। मनबाटै यी सबै कुराहरु ब्रेन, हर्ट, किड्नीलगायत टिस्यु, सेल, मोलिक्युल आदि त्यसबाटै बन्दै जान्छन्।

(योगगुरु ब्रह्मश्री मित्रसँग न्युज कारखानाले गरेको कुराकानीमा आधारित)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।